विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

४८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने र  कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । 

अरनीको कलेजमा अध्ययरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यसैगरी बीडीएसमा तीन जना, बीएससी एग्रीकल्चरमा ७ जना,  इन्जिनियरिङ्गमा २६ जना, बीपिएचमा ३, बीएससी एमएलटीमा एक जना र बीएससी नर्सिङमा दुई जना गरी अरनीको कलेज पढने ४८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य राजेश कार्कीले बताए । 

एमबीबीएसमा नाम निकाल्नेमा निराजन यादव, राजवेन्द्र कुमार रोय, सन्दिप कुमार मण्डल, शंसाक पराजुली, सुनिल कुमार यादव र राजेश कुमार महतो रहेका छन् । उनीहरुलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । यस्तै बीडिएसमा दिलिप पोखरेल, सजिल चौधरी र रीहा गौतम रहेकी छिन् ।

यसैगरी कलेजमा स्थापना गरिएको कोषबाट ७ जना विद्यार्थीलाई प्रदान गरिएको छ । दीवस थापाद्धार स्थापित सुरेन्द्र थापा र रीता थापा छात्रवृत्तिबाट निरमाया तामाङ्ग, विकेक रौनियारलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै विभसना किरण रेग्मी, मरिया सिलवाल, पियुष नेपाल र नितेश रौनियारलाई जनही पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको छ । निलहरि भण्डारी छात्रवृत्ति दीक्षा गुरूङलाई प्रदान गरिएको छ । 

सोही अवसमार कलेजको मुखपत्र अरनीको मिरर नामको पत्रिका बिमोचन गरिएको छ । उक्त पत्रिकामा स्कुलका गतिविधी र  विद्यार्थीको रचनाहरु समावेश गरिएको छ । विद्यार्थीहरुलाई सम्मान कलेजका प्रचार्य राजेश कार्की, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड व्यवस्थापनका प्रदेश निर्देशक युवराज पौडलले गरेका थिए ।