श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल वैशाख ७ गते बिहीबार, २० अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख कृष्णपक्षको औंसी तिथि १०ः०१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्विनी २३ः२७ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः३५ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यवसायबाट केही फाइदा होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ला। आंशिक लाभ भए पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । खर्च बढ्ने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावमा पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारबाट निकै फाइदा हुनेछ । जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।