विजयपुर । धरानमा नक्कली नोट भेटिएको  छ । धरान–१२ स्थित चतरालाइनको मासु पसलमा १ हजार रुपैयाँको नक्कली नेपाली नोट भेटिएको हो ।

ट्वाइन्स पोल्ट्री एण्ड मिटमार्टमा नक्कली नोट भेटिएको सञ्चालक राम कार्कीले बताए । उनका अनुसार एक जना वृद्ध मानिसले २ केजी मासु लगेर १ हजार रुपैयाँको नक्कली नोट दिएको बताए । उनले प्रहरीलाई जानकारी नगराएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले भने तत्काल नक्कली नोट भेटिएको विषयमा कुनै जानकारी नआएको बताए । उनले त्यस्ता पीडित कोही भए सम्पर्कमा आउन आग्रह गरेका छन् ।