श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ८ गते शुक्रबार, २१ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्ल पक्षको प्रतिपदा तिथि ०८ः४८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र भरणी २३ः१६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः३४ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ। हड्बड गर्ने स्वभावले काम बिग्रन सक्छ। कामकाजमा दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक आवश्यकता पूर्ति होला। मिहिनेत गरे नयाँ काम फेला पर्नेछ। कृषि र पशुपालनबाट फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ।