श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ९ गते शनिबार, २२ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको द्वितीया तिथि ०८ः०९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका २३ः४२ बजेसम्म, उप्रान्त  रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः३३ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउला। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछ भने दिगो कामको अवसर प्राप्त हुनेछ। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आपसी मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मान–सम्मानसमेत दिलाउनेछ।