श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १०गते आइतबार, २३ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको तृतिया तिथि ०८ः०९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी भोलि ००ः४५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारबाट फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चिलो काममा हात हाल्नाले केही समस्या पर्नेछ। सुरुमा फजुल खर्च गर्नाले आर्थिक अभाव हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै कमजोरीले काम बिग्रन सक्छ। धेरै प्रयत्न गरे पनि कममात्र फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोगले यात्रा हुनेछ।सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो रकम अरूका लागि खर्चनुपर्ने परिस्थित आउन सक्छ। आवश्यकता पूरा गर्न अरूको सहयोग लिनुपर्ला।