फोटो खिचिसकेपछि कोही फोन चलाउन व्यस्त त कोही थकान धेरै भएर सुत्न थाले । म भने मोबाइल हेर्दै बसेँ । लामोबाटोको यात्रा भएकोले दिदीको टाउको दुख्दै थियो । बेलुकीपख झन् साह्रो दुख्न थाल्यो दबाइ नबोकेको कारण रातिको समयमा कसरी दबाइको व्यवस्था गर्ने भन्दै कुरा गर्दै थियौं । त्यहाँको होटलमा दबाइ होला कि भनेर सोध्यौं । टाउको दुखेको दबाइ छ भनेर त्यहाँ काम गर्ने बहिनीले पेनकिलर छ, हुन्छ भन्नुभयो, ‘मैले हुन्छ भने र एक गोली दबाइ लिएर रुमतर्फ लागेँ । रुममा पुगेर दिदीलाई दबाइ दिएँ । दबाइ खाएर एकछिन आराम गर्नुभयो र एकछिनपछि अलि सञ्चो हुँदै गयो । निकैबेरपछि दिदीहरू उठ्नुभयो र रातिको खाना के खाने भनेर कुरा भयो । दिदीहरू खानाको कुरा गर्न जानुभयो । होटलवालाले बेलुकाको खाना त ९ बजेतिर मात्र हुन्छ भन्नुभयो । त्यसपछि चिया ४ कप अर्डर गर्नुभएछ, अनि सुकुटी २ प्लेट मगाउनुभएछ । रुममा खान नपाइने भएकोले दिदीहरूले त्यहाँको भाइलाई रुममै ल्याइदेऊ न, हामी फोहोर नपारी खान्छौं भन्नुभएछ अनि भाइले पनि हुन्छ भनेछ । हामी भने मोबाइलमा गीत बजाएर नाच्न थाल्यौं । जिस्किँदै जे पायो त्यही स्टेप निकाल्दै रमाइलो ग¥यौं । त्यतिकैमा चिया आइपुग्यो । हामी चिया पिउन थाल्यौं । चिया मीठो थियो । चिया पिएर फेरि नाच्दै, हाँस्दै, बस्दै थियौं । फेरि एकैछिनमा सुकुटी पनि आयो र खान थाल्यौं । सुकुटी पनि मीठो थियो । कुरा गर्दै सुकुटी खान व्यस्त भयौं । गफ गर्दै बस्यौं । बेलुकाको ९ बजेर २० मिनेटतिर खाना खान आउनुहोस् भन्दै बोलाउन भाइ आउनुभयो । त्यसपछि हामी खाना खान गयौँ । खानामा हामीले चिकेन खाना मगाएका थियौं । खाना आएपछि खाना खान थाल्यौं । मासु धेरै धेरै नै दिएको देखेर हामी मासु त धेरै धेरै रहेछ त भन्दै खान थाल्यौँ । त्यतिखेर त्यहाँ कोही क्याम्प फायरका साथै सेकुवा पोलेर खाँदै छेउमा हुक्का र अन्य पेय पदार्थका साथ गीतमा रमाउँदै बसेका थिए, त्यहाँ आएका आगन्तुकहरू । खाना खाइसकेपछि हामी त्यहाँको रमाइलोपन हेर्दै हाँस्दै, गीत गाउँदै, रमाउँदै एकछिन बस्यौं । रात छिप्पिँदै जाँदा जाडो बढ्दै थियो । चिसो चिसो हुन थालेको हुनाले हामी रुमतिर लाग्यौँ ।
भोलिपल्ट बिहान फेरि हामी कन्यामतिर घुम्दै धरान फर्किने कुरा भएको थियो । कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो स्थान इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएकोले यो पर्यटकीय स्थलमा आन्तरिक तथा वाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत मानिसहरू यहाँ घुम्न र वनभोजका लागि आउँछन् ।
राति अबेर सुतेकोले बिहान करिब ८ बजेतिर मात्र उठ्यौं । त्यतिबेला ड्राइभर दाइको फोन कल आयो ड्राइभर दाइले श्रीअन्तुदेखि कन्यामसम्म जाने हो कि भनेर कल गर्नुभएको थियो । फोन उठाएर हामी त तयार भएका छैनौं । १–२ घण्टा लाग्छ भनेपछि ड्राइभर दाइले हुन्छ त मलाई कल गर्नुहोस् भन्नुभयो । मैले हुन्छ भनेपछि हामी तयार हुन थाल्यौं । सामान मिलाउँदै हामी कुरा गर्न थाल्यौँ । खाजा यतै श्रीअन्तुमै खाने कि कन्याम गएर खाने भन्ने कुरा गर्दै थियौं । कन्याम गएर नै खाने कुरा भयो । त्यसपछि हामी रुमबाट निस्कियौँ । १ रात बसेको र खाना खाजाको पैसा हिसाब ग¥यौं । १ रात बसेको २५ सय थियो । हामी पैसा दिएर निस्किँदै गर्दा ड्राइभर दाइलाई फोन गरेको लागेन । त्यसपछि हामी त्यो पोखरी साइडदेखि चोकतर्फ जाँदै गर्दा टेम्पोलाई भेट्यौं । टेम्पोको दाइले बहिनीहरू फिक्कल जाने हो भन्नुभयो । हामीले कन्याम जाने भनेको हिँड्नुहोस् न त भन्नुभयो । हामीले पैसाको कुरा ग¥यौँ । कुरा मिले पछि हामी अब टेम्पोबाट कन्याम जानुपर्ने भएकोले यात्रा अझै रमाइलो हुन्छ जस्तो लाग्यो । टेम्पो कुदाउने दाइ मजाको हुनुहुँदो रहेछ । त्यहाँको बारेमा सबैकुरा बताउनुभयो । गाडी धेरै छन् । कन्याम, फिक्कल, श्रीअन्तु घुम्न भाडाको गाडीमा जाँदा नि सहज हुन्छ भनेर त्यहाँको गाडी भाडाको रेट भन्नुभयो । टेम्पोमा २–३ जना हुँदा पनि गइहाल्छ, भेनमा त गोटा गन्ती जाँदा पनि भेन भरिनु नै पर्छ । नत्र अर्को गाडीलाई दिन्छ मान्छे भन्ने कुरा गर्दै हामी गीत सुन्दै रमाइलो गर्दै कन्याम पुग्यौँ । बस, स्कार्पियो, भेनमा यात्रा गर्दा वान्ता हुने हामीलाई टेम्पोमा यात्रा गर्दा अलि सहज भएको थियो । हामी कन्याम पुगेपछि खाजा खाने कि खाना खाने एकछिन गन्थन मन्थन भयो । एउटा होटलमा छिर्यौँ र खाना सोध्यौं । हाम्रोमा खाना छैन, खाजा मात्र छ भन्नुभयो । खाजामा के खाने त भन्ने कुरा भयो । एक प्लेट मःम र ३ प्लेट चाउमिन अर्डर गर्यौँ साथै ४ कप चिया पनि । खाजा खाँदै कुरा गर्दै थियौँ । अब कन्याममा कता कता घुम्ने भनेर कुरा गर्दै खाजा खाइसक्यौँ र खाजाको पैसा तिरेर निस्कियौँ । सुरुमा त्यहाँ फोटो खिच्नेको भीड यति धेरै कि फोटो खिच्न पालो पर्खिनु पर्ने भयो । फोटो खिच्ने पालो आउँदा नि बीचमा कोही आउने । फोटो जसोतसो खिच्यौं । त्यहाँ फोटो खिचिदिने मान्छे नि बस्नु हुँदो रहेछ । फोटो खिचे बापत पैसा दिनु पर्ने । फोटो धुलाएर फ्रेम बनाए बापत फ्रेम हेरी हेरी मोल रहेछ, ६ सय ५०, ७ सय, ८ सयदेखि माथिसम्म फ्रेमको मूल्य रहेछ ।
त्यहाँबाट चोकतर्फ गयौं । त्यहाँ साना साना पसलमा सामान बेच्न बसेका पसलेहरूले के लानुहुन्छ, हेर्नुहोस् भन्दै थिए । त्यहाँ छुर्पी, ललिपप, तितौरा, औँठी, मिठाईसहित अन्य सामानहरू बेच्न राखिएका थिए । त्यसमध्ये एकजना दिदीले के–के लानुहुन्छ हेर्नु न भन्नुभयो । हामीले अहिले माथि घुमेर आउँछौँ अनि किन्छौँ भनेको पसलको दिदीले यहाँदेखि माथि पुगेर त त्यहाँ नै किनिहाल्नुहुन्छ नि, माथिबाट तलतिर आउँदैनन् कोही पनि भन्नुभयो । हामी सबैले हामी माथितिर घुमेर हजुरकै पसलमा आउँछौँ भन्यौँ र त्यहाँबाट माथितिर लाग्यौँ । रमाइलो भइरहेको थियो । मान्छेहरू कोही सामान किन्ने, कोही पोसाक लगाएर फोटो खिच्ने गरिरहेका थिए । कन्याममा नेपाली जातजातिका पोसाक लगाएर फोटो खिच्ने धेरै मानिस हुन्छन् । जातीय पोसाक पुरानो डिजाइनको १ सय रुपैयाँ रहेछ । जातजातिका भने नयाँ डिजाइनको ३ सय रुपैयाँ रहेछ । मलगायत साथी तथा दिदीहरूले पहिले नै पोसाक लगाएर फोटो खिचिसकेको हुनाले यसपालि भने जातीय पोसाक लगाएर फोटो खिचेनौँ ।
घुम्दै गर्दा एक जना दिदी र म भने अलि माथि नेपाल टेलिकमको कन्याम लेखेको बोर्ड रहेछ । त्यहाँ फोटो खिच्न गयौँ । दिदी र म फोटो खिच्न मस्त भयौं । फेरि फर्केर साथी र दिदी भएको ठाउँमा पुग्यौँ अनि घोडामा चढेर फोटो खिच्ने कुरा भयो । घोडामा फोटो खिच्न बाजेलाई भन्यौँं । फोटो खिचेको प्रतिव्यक्ति ५० र घोडामा चढेर घुमेको ३ सय रुपैयाँ प्रतिव्यक्ति रहेछ । हामी सबैजनामा फोटो मात्र खिच्ने कुरा भयो र फोटो खिच्यौं । बाजेसँग छोटो मीठो गफ भयो । कुरा गर्दै गर्दा घोडाको मूल्य कति पर्दो रहेछ भनेर सोध्द्या घोडा २०–३० हजार देखि ३ लाखसम्म पर्ने थाहा भयो । नगरपालिकाबाट सिफारिस लिएर मात्र घोडा पाल्नुपर्ने रहेछ । हामी फोटो खिचिसकेर घुम्दै, बजार हेर्दै हिँड्यौँ । छुर्पी, ललीपप किन्न अघिको दिदीको पसलमा गयौँ । त्यहाँ म, साथी तथा दिदीहरूले छुर्पी, ललीपप किन्यौं । पसलको दिदी खुसी हुनुभयो र हामीलाई तित्री खानुहोस् ल, यसको पैसा पर्दैन भन्दै दिनुभयो । त्यसपछि पसलको दिदीसँग बिदा माग्दै हामी खाना खाने कि खाजा खाने भन्ने कुरा गर्दै होटलतर्फ लाग्यौं । करिब साढे १ बजे खाना खायौँ ।
अब भने हामी धरानतर्फ लाग्नु पर्ने थियो । कन्यामबाट बिर्तामोडसम्म स्कार्पियो चढ्यौँ । त्यहाँबाट बिर्तामोडतर्फ फर्किदा जाँदा जस्तो रमाइलो थिएन । जाँदा जस्तो जोस, जाँगर कसैको शरीरमा थिएन । सबैको अनुहार मलिन थियो । कन्यामदेखि बिर्तामोडसम्म फर्किदा बाटोमा निदाउँदै बिर्तामोडसम्म पुग्यौं । त्यहाँबाट फेरि हामीले धरानतर्फको सार्वजनिक बस चढ्यौं । करिब साढे सात बजेतिर गाडी धरान आइपुग्यो र आ–आफ्नो घरतर्फ लाग्यौँ । यसरी हाम्रो दुई दिनको यात्रा अन्त्य भयो ।