श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ११ गते सोमबार, २४ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको चतुर्थी तिथि ०८ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा भोलि ०२ः२६ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा धनलाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्लान्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा मात्र हेर्दा काम बिग्रन सक्छ। आफ्नो लाभांश पनि गुम्ने अवस्था आउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव लाभदायी बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।ईष्र्या गर्नेहरूले हार खानेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। दिन राम्रो छ ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारलगायत आर्थिक कारोबारमा फाइदा हुनेछ। माया मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ।