पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभाव हुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ्ना सदस्यहरूको हकहितसँगै स्थापना देखी नै सामाजिक काम गर्दै आएको धरान अध्यक्ष श्रेष्ठले बताए ।