श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १२ गते मङ्गलबार, २५ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको पञ्चमी तिथि १०ः०२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र आद्र्रा भोलि ०४ः३९ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः३० बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विभिन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो काम प्रारम्भ हुनाले आम्दानीको स्रोत बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् । साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ। अर्थअभावले सताउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। महŒवाकाङ्क्षी काम गर्न सफल भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर, खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ।  स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।