देउराली । मोरङको मिक्लाजुङ गाउँपालिकामा विद्यालय परिसरमा बालिका कुटपिटमा संलग्न १३ जना बालिकालाई ज्यान मार्ने उद्योग कसुर पाँच दिनको म्याद थप गरिएको छ ।

वैशाख ६ गते गाउँपालिकाको ३ नम्बर वडामा रहेको कालिका माध्यमिक विद्यालयको कक्षा कोठामा सोही विद्यालयमा अध्ययनरत १४ वर्षीय बलिका कुटपिटमा संलग्न उनीहरूलाई ११ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको थियो ।

बालिका कुटपिट गरी भिडियो सामाजिक सञ्जालमा हालेका सोही विद्यालय अध्ययनरत उनीहरू माथि मंगलबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार कुटपिट भएकी बालिकाको विर्तामोङ स्थित  बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।