श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १३ गते बुधबार, २६ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्ल पक्षको षष्ठी तिथि ११ः४८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुनर्वशु भोलि ०७ः१५ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः२९ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ । विशेष उपहार हातलागी होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीको स्रोत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। दिन लाभदायक रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। समय सामान्य छ ।