भद्रपुर । झापाको गौरीगञ्ज–२ आँपगाछीमा भारतबाट अवैधरूपमा ल्याइएको ८८ बोरा मकैसहित एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकै लोड भएको मे.१ त ७११० नम्बरको ट्याक्टर मङ्गलबार बिहान ७ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त गाडीलाई चेकजाँच गर्दा भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै गरेको अन्दाजी ९६ हजार ८ सय रुपैयाँ बराबरको मकै फेला परेको थियो । ४ लाख मूल्य बराबरको ट्याक्टरसहित सामानलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । चालक भने फरार भएको उनले बताए ।