श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल वैशाख १४ गते बिहीबार, २७ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर। वैशाख शुक्लपक्षको सप्तमी तिथि १३ः५६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुनर्वशु ०७ः१५ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मान–सम्मान प्राप्त हुनेछ। आम्दानीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्न सक्नेछ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आयस्रोत भने बढाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा केही रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।