हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो 'भोइस किड्स नेपाल' मा उत्कृष्ट वराहक्षेत्रका राजेश परियारलाई भोट गर्न विद्यालयले आर्थिक सङ्कल गरेको छ । 

राजेश अध्ययनरत हिमालयन इङलिस स्कुल चतराले उत्कृष्ट २४ मा पर्न सफल आफ्ना विद्यार्थीका लागि शिक्षक, विद्यार्थीबाट रकम सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरेको छ । शुक्रबार राति ८ बजेसम्म खुल्ला गरिएको भोटिङका लागि विद्यालयले रकम सोझै परिवारलाई हस्तान्तरण गरेको हो । 

विद्यालयका प्रधानाध्यापक आलोक श्रेष्ठले राजेशका पिता जनक परियारलाई नगद १४ हजार रुपैयाँ बिहीबार हस्तान्तरण गरे । शुक्रबार प्रसारण हुने 'भोइस किड्स' बाट उत्कृष्ट १६ छनोट हुनेछन् । 

राजेशलाई विजेता बनाउनका लागि विद्यालयबाटै अभियान सुरु गरिएको शिक्षक प्रदीप ठकुरीले जानकारी दिए । राजेश हिमालयन स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । हाल उनी रियालिटी शोका लागि काठमाडौमा छन् । शुक्रबार साँझ ८ बजेसम्म भोट गर्ने समय खुल्ला छ ।