श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १५ गते शुक्रबार, २८ अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको अष्टमी तिथि १६ः१६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य १०ः०६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ । असमझदारीले पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महŒवपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। चिताएको योजना कार्यान्वयनमा आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। धन लाभका साथै आर्थिक क्रियाकलापमा फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्वमा निखार आउनेछ।