श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख  १६ गते शनिबार, २९ अप्रिल  २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको नवमी तिथि ०८ः३६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा १२ः५८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विशेष योजना सार्वजनिक नगर्नु होला। काम बिग्रने डरले सताउनेछ। पहिलेको सम्झौता भङ्ग हुन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कर्मयोगबाट मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आकर्षक उपहारले उत्साह जगाउनेछ। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग भेट हुनेछ।