श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं २०८० साल वैशाख १७ गते आइतबार, ३० अप्रिल २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको दशमी तिथि ०८ः४२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा १५ः४१ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काम गर्न बिहानको समय अनुकूल रहनेछ। अन्य समय केही प्रतिकूल रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आशा गरेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। वादविवादमा फसिने डरले सताउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारमा निर्णय लिँदा काम दोहो¥याउनु पर्ने हुनसक्छ। खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महŒवाकाङ्क्षी काम सुरु हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।