श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं २०८० साल वैशाख १८ गते सोमबार, १ मे २०२३, पिङ्गलनाम संवत्सर, वैशाख शुक्लपक्षको एकादशी तिथि २२ः२४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वफाल्गुनी १८ः०२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः२५ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फजुल खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्त भए पनि हतारमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रशस्त धनलाभ नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्नेछ।व्यवसायबाट सामान्य फाइदा होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत परे पनि कामको जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएको कामले पनि निकास पाउनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।