झापाको दमक नगरपालिका ९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार लागुऔषध खरिद–बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक ९ का २८ वर्षीय अरुण दनुवार र २३ बर्षीय अस्विन राईको कोठाबाट ३ सय मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ६० हजार ७ सय ५० रुपैया सहित बरामद गरेको हो भने दमक १ स्थितबाट कमल गाउँपालिका ६ का २५ बर्षीय न्युसन राई र दमक २ का २० बर्षीय अविषेक राईलाई ८ सय मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । 

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकाे छ ।