भद्रपुर । झापाको दक्षिणी क्षेत्रबाट ठुलो परिमाणमा लाखौँ  मूल्य बराबरको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ  । तस्करीको  माध्यमबाट कचनकवल हुदै भारत तर्फ लैजादै गरेको पिकअप गाडीसहित ५ सय ७१ काटुन स्याउ सशस्त्र प्रहरीले बरामद गरेको  सशस्त्र प्रहरी गण नम्बर २ झापाले  जनाएकोे छ । 

मे १ ज २८०४ नम्बरको पिकअप गाडीमा राखेर भारत तर्फ लैजादै गरेको १ सय १५ काटुन स्याउ कचनकवल ४ लोदाबारीबाट आइतबार वेलुका सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । अनुसन्धानको क्रममा सोही वडामा रहेको पूर्व लोदाबारी स्थित जयनारायण गणेशको घरमा भण्डारण गरी राखिएकोे ४ सय ५६ काटुन स्याउ समेत प्रहरीले फेला पारेको थियो । गणेशको घरमा स्याउ रहेको सुचना पाएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीबाट टोली आइ सोमबार दिउँसो छानविन  गरेको थियो । 

 अवैध रुपमा भारत तर्फ लैजादै गरेको ११५ काटुन फुजि नाम गरेको स्याउसहित गाडी नियन्त्रणमा लिएको एसपी देवराज अर्यालले बताए । बरामद स्याउको २ लाख र गाडीको ५ लाख रुपैयाँ अनुमानित मूल्य कायम गरिएको उनले बताए ।  त्यसैगरी गोदामबाट फेला पारिएको ४५६ काटुन स्याउको ७ लाख ९२ हजार ९ सय ८४ रुपैयाँ अनुमानित मूल्य कायम गरी गाडीसहित अनुमानित १५ लाख मूूल्य बराबरको सामान थप अनुसन्धानका लागि इटहरी पठाइएको उनले जानकारी दिए ।