श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख १९ गते मङ्गलबार, २ मे २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको द्वादशी तिथि २३ः३३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरफाल्गुनी १९ः५४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२४ बजे र सूर्यास्त ०६ः३७ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
श्रम परे पनि कामको नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ।