सुनसरी । जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त बर्जु गाउँपालिका(१ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।
२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ति करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई यही बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।