श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २० गते बुधबार, ३ मे २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको त्रयोदशी तिथि भोलि ६ः०० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र हस्ता २१ः११ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२३ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्नुका साथै व्यवसायबाट मनग्य फाइदा हुनेछ। प्रयत्न गरेमा सजिलै लक्ष्य प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्।प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।फाइदाको स्रोत पहिल्याउन सकिनेछ।थालेका काम सजिलै सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा जुट्न नसक्दा काम रोकिन सक्छ । आफैले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साइनो गाँसेर लाभ उठाउनेहरूले दुःख दिनेछन्। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि, पशुपालन तथा घरेलु कामकाजमै बढी समय बित्नेछ।अग्रज तथा सहयोगी जुट्नाले लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।