श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल वैशाख २१ गते बिहीबार, ४ मे २०२३, पिङ्गलनाम संवत्सर । वैशाख शुक्लपक्षको चतुर्दशी तिथि भोलि ००ः०१ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र चित्रा २१ः५० बजेसम्म, उप्रान्त  स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०५ः२२ बजे र सूर्यास्त ०६ः३८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शत्रुहरू स्वतः किनारा लाग्नाले विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थ देखाएरै पेसा–व्यवसायमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। सुखद् समाचारले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।नयाँ काम प्रारम्भ गर्ने समय छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायबाट मनग्य धनलाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलश्य त्यागेर मिहिनेत गरे फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।