धनकुटा । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पेशागत महासङ्घ नेपाल जिल्ला समिति धनकुटाले बाल पुनःस्थापना सेवा केन्द्र धनकुटाका विद्यार्थीहरूलाई सोमबार खेलकुद सामग्री तथा फलफूल वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् इन्द्रमणि पराजुलीले ११ जना बालबालिकाहरूलाई फुटबल, भलिबल, स्किपिङ डोरी, स्याउ, अङ्गुरलगायत सामग्री वितरण गरे ।