विजयपुर । लागु औषध मुद्दामा फरार प्रतिवादी सुर्यबहादुर राई पक्राउ परेका छन् । 

मङ्गलबार कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको राईलाई पक्राउ गरेको हो । उनी लागुऔषध गाँजा मुद्दामा जिल्ला अदालत, सुनसरीले २०७८ चैत्र २ गते फैसला गरेको हो । अदालतले राईलाई १ बर्ष ४ महिना १९ दिन कैद फैसला जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राई बताए ।

उनका अनुसार सुर्य धनकुटा सागुरीगढी १० का हुन् भने हाल धरान ५ मा बस्दै आएका थिए । सुर्यलाई कैद भुक्तानका लागि झुम्का कारागार चलान गरिएको छ । सुर्य नगरप्रमुख हर्कराज राईको श्रमअभियानमा काम गर्दै आएका थिए ।