भद्रपुर । झापाबाट सशस्त्र प्रहरीले भारतीय सवारी साधनसहित अनुमानित १७ लाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएको टोलीले पूर्व– पश्चिम लोक मार्ग अन्र्तगत मेचीनगर ७ निन्दा पुलमा चेकजाँच गर्ने क्रममा सवारी साधनसहित सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।
बुधबार अपरान्ह् ३ बजे भारतीय नम्बर प्लेट भएको डब्लू बी ७४ एटी ३९४० को मारुती सुजुकी गाडी शङ्का लागि प्रहरीले रोकेको थियोे । गाडीमा प्रज्ञापन पत्र, सुविधा तथा इजाजत पत्र समेत फेला नपारेपछि गाडी भित्र भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको इलेक्ट्रिक र मोटर पार्टस प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले जानकारी दिए ।
बरामद सामग्रीको अनुमानित १ लाख ८९ हजार ५० रुपैयाँ र गाडीको १५ लाख रुपैयाँ कायमगरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको डीआइजी पोखरेलले बताए ।
पुर्वी नाका काँकडभिट्टामा चेकजाँचका लागि उल्लेखिय सङ्ख्यामा खटिएका प्रहरी तथा भन्सार कर्मचारीबाट विना भन्सार अवैध रुपमा सामानसहित भारतीय सवारी साधन नेपाल छिर्नु खटिएका कर्मचारीको नियत खराब भएको प्रष्ट हुन्छ ।