श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २३ गते शनिबार, ६ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्ेष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि २२ः०९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र विशाखा २१ः२८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइको सहयोगले उत्साह मिल्नेछ। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ईष्र्या गर्नेहरू स्वयम् पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। कामकाजबाट उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिन्ताले निकै सताउन सक्छ । साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गरे लाभ हुनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्जित द्रव्य सञ्चय गर्ने समय छ। अरूलाई दिएको धनमाल फिर्ता हुन सक्ला। यात्रा फलदायी देखिन्छ ।