श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २४ गते, आइतबार, ७ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको द्वितीया तिथि २३ः२१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अनुराधा २०ः३५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक वस्तुहरू जुटाउन सकिनेछ। काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमात्र हुने देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।लगनशीलताले अध्ययनमा प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर महŒवाकाङ्क्षी काम गर्न सफल भइनेछ। काम सफल हुने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।  शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। साझेदारी तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ।