श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २५ गते सोमबार, ८ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि १८ः३५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र ज्येष्ठा १९ः२४ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किल पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरिआएका कामलाई भने निरन्तरता दिन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ । मन मिल्ने साथीभाइ भेटिए पनि विवादले सम्बन्ध कमजोर होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जिम्मेवारी बढे पनि काम पूरा गर्न समय लाग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष कामको मौका पाइनेछ । यात्रा र भोगविलासमा खर्च बढ्नेछ । भौतिक साधनले उत्साह जगाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।