देउराली ।  मोरङको उर्लाबारी नगरपालिका ४ भानुमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो ११ बजेको समयमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका ८ का ४२ बर्षीय पुष्प दुलाल र रंगेली नगरपालिका ७ का ३७ बर्षीय पंकज रायलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल र स्पासपेन गरी २६ सय क्याप्सुलसहित पक्राउ गरे उक्त कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।