बिर्तामोड । भारतको राजस्थानमा सञ्चालित डुण्डलोड संस्थानले शिक्षामा सबैको पहुच हुनु पर्ने भन्दै नेपाल भरि शैक्षिक क्याम्पेन शुरु गरेको छ ।
राम्रो शिक्षाका साथै नैतिक शिक्षामा विद्यार्थीहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले सञ्चालन गरिएको शैक्षिक एकेडेमीले डुण्डलोड महिला विद्यालय, डुण्डलोड पब्लिक विद्यालय र डुण्डलोड बोर्डिङ स्कुल सञ्चालनमा ल्याएको छ ।
झापाको बिर्तामोड स्थित किङस्बरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थानका निर्देशक राहुल रणवाले शिक्षाको कुनै सिमाना नहुने बताउदै, नेपालमा पनि अन्तराष्ट्रिय स्तरको शिक्षामा अभिभावकहरुको रुची बड्दै गएको पाइएको धारणा राखे ।
उनले डुण्डलोड ब्यवस्थापनले विद्यालय लाई पहिलो घरको रुपमा विकास गरेकाले आफ्ना छोरा छोरीलाई ढुक्क भएर पठाउन आग्रह गरे । निर्देशक रणवाले सम्राट अशोकले पनि आफ्ना छोरा छोरीको शिक्षाका लागि बाहिर पठाएको उल्लेख गर्दै सबै भन्दा ठुलो धन शिक्षा भएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै संस्थानका सेक्रेटरी बी.एल. रणवालले ५ हजार रुपैंयाँ मात्र भर्ना शुल्क रहेको र भाषिक समस्याका लागि विविध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई कुनै समस्या आई नपर्ने बताए ।
एकजना अभिभावक निलम अग्रवालले आफ्नो छोरीको सामाजिक र भौतिक सुरक्षाको प्रत्याभुति भएपछि मात्रै आफुले आफ्नो छोरीको एडमिसन गराएको बताइन् । डुण्डलोड ब्यवस्थापनले नेपाल भरी फरक शिक्षाका लागि विविध प्रविधिमैत्री सिकाई प्रणालीको शुरवात गर्ने सेक्रेटरी रणवाले जानकारी दिए ।