श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २६ गते मङ्गलबार, ९ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि १६ः२४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मूल १७ः५९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्र्योदय ०५ः१८ बजे र सूर्यास्त ०६ः४१ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध पर्ने हुँदा होसियारीसाथ कार्य गर्नु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन् । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत नै प्राप्त हुनेछ। दिन सामान्य रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धनलाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईष्र्या गर्नेहरूले हार खानेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारलगायत अर्थलाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ।नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।