श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख २७ गते बुधबार, १० मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि १४ः०६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वाषाढा १६ः२७ बजेसम्म, उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१८ बजे र सूर्यास्त ०६ः४२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सजिलै काम सम्पादन हुनाले दिगो योजना बन्नेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ। रचनात्मक काममा जुटिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनु पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारतर्फ होसियार रहनु होला। वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।रोकिएको काम बन्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काममा अल्झनु पर्दा मुख्य काम रोकिन सक्छ। समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ।