देउराली । विराटनगरमा लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाको १५ नम्बर वडा स्थित ढाटबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले मेची नगरपालिका १ झापाका २९ वर्षीय आशिष सापकोटालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
कार्यालयका अनुसार हिजो अपराह्न साढे ४ बजे लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल सापकोटालाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ८४ मिलिग्राम ब्राउन सुगर फेला परेसँगै पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।