श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल वैशाख २८ गते, बिहीबार, ११ मे २०२३, पिङ्गलनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि ११ः४५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तराषाढा १४ः५२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो काम प्रारम्भ गर्ने समय छ । सामाजिक तथा परोपकारी काम गर्दै विशेष जिम्मेवारी हातपार्ने मौका छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरे आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भाग्यले राम्रै अवसर दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य कामका लागि दौडधुप गर्नु पर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना काममा अरूको भरपर्दा गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रम परे पनि पछि फाइदा हुने काम बन्न सक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। होसियारीसाथ काममा जुट्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, योजना गोप्य राखेर अघि बढ्नुहोला। विभिन्न झमेला बेहोर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।