- किशाेर कुमार कार्की
नेपाल भ्रष्टाचारले आक्रान्त र क्षतविक्षत बन्दै गई रहनुको मूल कारण यहाँको राजनीतिक परिपाटी, राजनीतिक दल र यसका नेताहरूको अकर्मण्यता हो । भ्रष्टाचारले मुलुकमा आर्थिक सङ्कट ल्याइरहेको थियो । यस्तो अवस्थामा दलप्रतिको वितृष्णा बढ्नु स्वाभाविक हो ।
यही वितृष्णाको प्रतिबिम्ब नै बालेन शाह , रवि लामिछाने र हर्क साम्पाङ हुन् । तथापि यी तीन जना नै कुनै न कुनै हिसाबले अरू भन्दा पृथक् तरिकाले इतिहासमा नाम अङ्कित गर्न प्रयासरत छन् । दलप्रति रोष प्रकट गर्ने हुनाले यस्तो अवस्थामा मतदाताले योग्य , अयोग्य भन्दा पनि अरू भन्दा फरक टेस्ट चाहिरहेका हुन्छन् । विम्वको रूपमा मतदाताले यसरी मत खसाल्नु नयाँ कुरा हैन । पञ्चायत कालमा धरान नगरपालिकाको प्रधानपञ्चको पदमा जनपक्षीय नामकरण गरेर थरेन्द्र ढकाललाई उम्मेदवार बनाइएको थियो तर केही मतले उनी पराजित भएका थिए ।
मेयर हर्क साम्पाङलाई चिट्ठा पर्यो , दलप्रतिको सम्पूर्ण आक्रोश मतदाताले हर्क साम्पाङ लाई विजय गराएर पोखे । माओवादी, काँग्रेस , एमाले र अन्य दलका कार्यकर्ता, समर्थकहरूले उनलाई मत दिएका थिए ।
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई चिट्ठा पर्यो , दलप्रतिको सम्पूर्ण आक्रोश मतदाताले हर्क साम्पाङ लाई विजय गराएर पोखे । माओवादी, काँग्रेस , एमाले र अन्य दलका कार्यकर्ता, समर्थकहरूले उनलाई मत दिएका थिए ।
धरानमा खानेपानीको अभाव भएको बेला वा नगरपालिकाका अन्य समस्याका सम्बन्धमा अभियन्ताका रूपमा तत्कालीन उपप्रमुख कृष्णनारायण पलिखे नेतृत्वमा उनी सँगै थिए । त्यो भन्दा अगाडि उनी कुन भूमिकामा थिए भन्ने चर्चा पछि कुनै सन्दर्भमा गरौँला । गएको स्थानीय निर्वाचनमा एक्लै टेम्पू र माइक हातमा लिएर कोणसभा गर्दै एकदमै सामान्य खर्चमा निर्वाचनमा विजयी हुन सफल भए । उनी जनताको आशा र भरोसाको केन्द्रबिन्दु बन्दै जाने कुरामा धराने जनता विश्वस्त देखिए ।
धरान पानीको सधैँ हाहाकार हुने ठाउँ हो , जसका कारण कति उद्योगधन्दा उनी मेयर हुनुभन्दा अगाडी नै पलायन भएको थियो । अब त पक्का पानी आउँछ भन्ने भएको छ धरानलाई । मेयर साम्पाङ पनि कम्मर कसेर खानेपानी ल्याउने अभियानमा लागेका छन् । धराने जनता र देश विदेशबाट समेत उनलाई विश्वास गरी सहयोगको ओइरो लागेको देख्दा धरानवासी खुसी हुनु स्वाभाविक हो । उनले श्रमदान जुटाएका छन् त्यो झन् खुसीको कुरा ।
यी सबै सहयोगहरू 'व्यक्ति हर्क साम्पाङलाई हो कि मेयरलाई ?' अब पनि म व्यक्ति हर्क साम्पाङ हो भन्न मिल्छ मेयर भइसकेपछि ?
उनी आफ्नो बुद्धि विवेक र क्षमताले भ्याउनेसम्म लागिपरेका छन् । तर के ती सबै कुरा, काम, क्रियाकलापहरू उपमहानगरपालिका सरकारको अंग भित्र पर्दैन ? उपमहानगर सरकारको अंगभित्र पर्छ भने ‘खोलाको पैसा खोलामा गयो , तेरो बाउँको के गयो ?’ भन्न मिल्छ ? भन्न मिल्ने हो भने जजसले जति सक्दो जहाँ जहाँबाट विभिन्न सहयोग गरे , उनीहरूले खोलामा फाल्न पठाएका हुन् त ? खोलैमा गए पनि कत्ति खोलामा गयो ? यी स्वाभाविक रूपमा उठ्ने जिज्ञासाहरू हुन् ।
यी सबै सहयोगहरू 'व्यक्ति हर्क साम्पाङलाई हो कि मेयरलाई ?' अब पनि म व्यक्ति हर्क साम्पाङ हो भन्न मिल्छ मेयर भइसकेपछि ? मेयर आफैमा संस्था हो । संस्थाले गर्ने काम कार्यवाही सुशासनको सौन्दर्यतामा आधारित हुन्छ । सुशासनभित्र पर्ने पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व, जबाफदेहिता , गुण र दोषका आधारमा निर्णय गर्ने परिपाटीको व्यवस्था, निर्णय प्रक्रियाका आधारभूत मान्यताहरू, विधि र नीतिको निर्माण, संविधान , ऐन कानुन बमोजिमको सरकार सञ्चालनको परिपाटी , सबैको विचारको सम्मान , प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता सरकारको सुन्दर पक्षहरू हुन् । तर के यी सबै तपाईँमा विद्यमान छन् त ? यत्ति कुरालाई ख्याल गरेर अगाडि बढ्नु भयो भने तपाईँको प्रसिद्धि झन् अनुकरणीय रूपमा चुलिने छ ।
युट्युबेलाई पत्रकार भनिँदैन । पत्रकार भएपछि पनि पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्छ ।
तर यस्ता स्ट्याटसहरूले तपाईँको उचाइ घटाउँदै लाने सम्भावना बढेर गएको छ । पत्रकार महासंघको काम तपाईँले अह्राएको मान्ने भन्ने हुँदैन । तपाईँको ताल्लुक वाला निकाय हैन । सम्पूर्ण पत्रकारहरूको हक हितका लागि गठन भएको र गौरवमय परम्परा बोकेको संस्था हो महासंघ । एउटा क्यामेरा बोकेर युट्युब चलाउने बित्तिकै कोही पत्रकार भइहाल्दैन । पत्रकार हुन पत्रकारिता पढेको, तालिम लिएको जसले सही समाचारको सम्प्रेषण गर्न सक्दछ । त्यस कारण हामी त्यो व्यक्तिलाई पत्रकार भन्दैनौ । युट्युबेलाई पत्रकार भनिँदैन । पत्रकार भएपछि पनि पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्छ । पूर्व अध्यक्ष केशव घिमिरेले तपाईँको मानमर्दन हुने गरी कहीँ कतै बोलेको भए तपाई कानुनी उपचारको बाटोमा जान उचित हुन्छ नत्र यस्तो प्रकारको अभिव्यक्तिमा तानासाही पन झल्किँदै छ । मेरै कुरा सही , तिमिहरूको गलत , मेरो निर्णय ठिक , मैले गरेको सबै ठिक , तिमीहरूले गरेको बेठीक भन्नु तानासाही नभएर के हो ?
निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउन निर्वाचित जनप्रतिनिधि वा त्यस्ता जनप्रतिनिधिहरूको सचिव ( प्रशासकीय अधिकृत) मार्फत पठाउनु पर्ने हो । तर तपाईँले आफ्नो सजिलोको लागि राखेको व्यक्तिबाट निर्वाचित जनप्रतिनिधिहरूको अपमान हुने गरी पत्र पठाउनु तपाईँका समर्थक बाहेक अरूलाई पच्ने कुरा हैन । भैगो त मिष्टेक भयो , आउनुस् अब यस्तो हुँदैन भनेर कार्यपालिकालाई अगाडि बढाउनुस् भन्ने सुझाव छ । आफ्नो गुणगान गाउने मात्रै मित्र हुँदैनन् ।
जहाँ आलोचना गर्ने व्यक्ति हुन्छ त्यहाँ सानो भन्दा सानो कमजोरी सच्याउने मौका मिल्छ , त्यस कारण त्यस्ता आलोचना गर्ने व्यक्ति पनि तपाईँको मित्र नै हुन् ।
जहाँ आलोचना गर्ने व्यक्ति हुन्छ त्यहाँ सानो भन्दा सानो कमजोरी सच्याउने मौका मिल्छ , त्यस कारण त्यस्ता आलोचना गर्ने व्यक्ति पनि तपाईँको मित्र नै हुन् । उनीहरूलाई आलोचना गर्ने छुट यत्ति दिनुहोस् कि उनीहरूसँग आलोचना गर्न बाँकी केही नरहोस् र आलोचना गर्नेहरू नै तपाईँको निर्णय प्रक्रियामा सहभागी हुने छन् । त्यस कारण अब ढिला भइसक्यो , मिलेर जानुको विकल्प अरू के हुन सक्छ र । तपाईँ अभिभावक हो नि नगरको, अब हातेमालो गर्नुस् । कसैले सिकाउनु पर्दैन गुइँठे भन्ने प्रतिक्रिया दिन बन्द गर्नुहोस् । हामी सही लाई सही , बेसही लाई बेसही भन्छौँ । अब कार्यपालिको बैठक बोलाएर कामको बाँडफाँडमा लाग्नुस् भन्ने सुझाव दिन चाहन्छु । दिएका जिम्मेवारी अनुसारको प्रतिवेदन माग्नुस् ।
सन्तोषजनक नभएमा अर्कोलाई जिम्मेवारी हस्तान्तरण गर्नुस् । शिक्षा, स्वास्थ्य, बाटोघाटो , पुलपुलेसा, पर्यटन, रोजगार, कलकारखाना प्रवर्द्धन, अपांग, महिला, बालबालिकाका क्षेत्रहरूमा सहभागितामूलक कार्यक्रम , नीति र त्यसलाई पूरा गर्ने कार्यविधि बनाउनुस् । यो सुझाव हो , तपाईँले यसलाई अरू नै अर्थ दिने कोसिस नगरिदिनुस् । सुझाव त जसको पनि लिन सकिन्छ नि चाहे अपरिपक्व नै किन नहुन् । ग्रहण गर्न योग्य भए गर्ने हो नभए नगर्ने हो ।