श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल वैशाख २९ गते शुक्रबार, १२ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि ०९ः२६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र श्रवण १३ः२० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सम्भावना खोजी गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचेको समयमा काम नबन्न सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको साख जोगाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लाभ उठाउन सकिनेछ । भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्राको सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नियमित पेसा–व्यवसायमा फाइदा हुनेछ।