श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल वैशाख ३० गते शनिबार, १३ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि ०७ः१२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र धनिष्ठा ११ः५४ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०६ः४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाइएला। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। उपलब्धि हातपार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छ। लगनशीलताले मात्र सङ्कल्प पूरा गर्न सकिनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अस्वस्था र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरूसमेत भेटिनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अर्थअभाव हुन नदिन समयमा सजग रहनुहोला।प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ।