देउराली । आफूलाई पत्रकार बताउँदै व्यक्तिगत चरित्रमा आँच आउने गरी कार्य गरेको भन्दै एक जनालाई  स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएको छ । 

सूचना तथा प्रसारण विभागको परिचयपत्रमा तीर्थ बहादुर गुरुङ नाम उल्लेखित व्यक्तिलाई धरान १३ का स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । 

इलाका प्रहरी कार्यालयका अनुसार व्यक्तिगत चरित्रमा आँच पुग्ने गरी भिडियो खिच्ने तथा गलत सूचना सम्प्रेषण गर्ने गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् । 

 कार्यालय प्रमुख डिएसपी नवराज मल्लले भने " बुझाइएको अवस्था हो  ।  पुरानो मितिमा उनी विरुद्ध निवेदन परेको पनि पाइएको छ । रेकर्ड गरेको भिडियो सामग्री पनि छ भन्ने छ ।  उनी विवादी व्यक्ति नै हो भन्ने छ । " 

पक्राउ परेका व्यक्ति आफूलाई धरान नगरप्रमुख हर्कराज राईको खास पत्रकार हुँ भन्दै  व्यक्तिको चरित्र हत्या गर्ने गरी भिडियो सम्प्रेषण गर्ने तथा असुली धन्दा गरेको स्थानीयको आरोप छ ।

डिएसपी मल्लका उनी नगरप्रमुख साम्पाङको अभियानमा हिँड्ने गरेको खुलेको छ ।