श्री शालवाहनीय शाके १९४३ ने.सं.   ११४३ वि.सं. २०८० साल वैशाख  ३१ गते आइतबार, १४ मे २०२३, पिङ्गलनाम संवत्सर, ज्येष्ठ कृष्णपक्षको दशमी तिथि भोलि ०३ः१० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र शतभिषा १०ः३० बजेसम्म, पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गरेको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारबाट पनि प्रशस्त फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। पैतृक सम्पत्ति मिल्ने योग छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्ला। जिम्मेवारी बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महŒवपूर्ण समय बित्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइ लेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम रोकिन सक्छ, सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सामान्य काममा धन र श्रम खर्चनु पर्ला। कामको चाप बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। गरेका काम दोहो¥याउनु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ।अनावश्यक यात्रा हुनेछ । स्वास्थ्यमा समस्या आउला।