श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ १ गते सोमबार, १५ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि भोलि ०१ः२७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वभाद्र ०९ः२९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारीसमेत दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायबाट पनि फाइदा हुनेछ। धन सञ्चय हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। धर्म–कर्म र सेवामूलक काममा प्रवृत्त भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। व्यर्थैमा झमेला बेहोर्नु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। स्वास्थ्य कमजोर बन्न सक्छ।