विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का  १९ वर्षीय प्रकाश सरदार, सोही ठाउँका  २० वर्षीय दिपेश कुमार सरदार,  २१ वर्षीय विजय सहनी, २५  वर्षीय जितेन कुमार राय र विराटनगर महानगरपालिका वडा नं.– ८ का २० वर्षीय  रोहित चौधरी रहेका छन् ।

प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाइकलसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन बहादुर दाहालले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा मिति आइतबार सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको  छ ।