भद्रपुर । झापामा दुई नाबालकसहित ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरुमा फरार रहेका दुई नाबालकसहित ५ जना फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार आइतबार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसलाअनुसार बन्यजन्तु चोरी मुद्दामा ६ महिना कैद र १० हजार जरिवाना भई फरार रहेका कचनकवल गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय शेरबहादुर तामाङ भन्ने संजीब तामाङ, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा ८ महिना कैद र १० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.४ बस्ने १८ वर्षिय साङ्केतिक नाम “मानस”, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा १ बर्ष कैद र २० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २० वर्षिय साङ्केतिक नाम “ संसार ” , झापा जिल्ला अदालतको मिति २०७३ जेठ १३ गतेको फैसला अनुसार मोटरसाइकल चोरी मुद्दामा १ महिना १५ दिन कैद र ३ लाख १४ हजार ८५० जरिवाना भई फरार रहेका कन्काई नगरपालिका वडा नं.७ बस्ने ३१ वर्षिय सुरज चौधरी र झापा जिल्ला अदालतको मिति २०७८ पुस ७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार जरिवाना भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ४२ वर्षिय जिबनकुमार लामा रहेको जिल्लाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनीहरुलाइ आइतबार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले कारागार पठाइएको उनले जानकारी दिए ।