देउराली । धरान उपमहानगरपालिकाको २० नम्बर वडामा शंकास्पद अवस्थामा फेला परेको ग्यास सिलिन्डर नेपाली सेनाले डिस्पोज गरेको छ ।
बिहान करिब ९ बजे विष्णुपादुका बजारदेखि १३ किलो मिटर उत्तर सानो खैरमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । झाडीमा फालिएको अवस्थामा सिलिन्डर शंकास्पद अवस्थामा रहेको उक्त सिलिन्डरलाई इटहरी स्थित नेपाली सेनाको २ नम्बर बाहिनीका डिस्पोजल टोलीले अहिले दिउसो डिस्पोज गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख नवराज मल्लले बताए ।
उनका अनुसार उक्त सिलिन्डर अक्सिजन ग्यासको रहेको भए पनि कहाँबाट त्यहाँ पुग्यो भन्ने बारे अझै खुलेको छैन । उनले भने "कसैले लादै गर्दा खसेको हुनसक्छ । अक्सिजन सिलिन्डर रहेछ डिस्पोज गरेको छ । "