धरान । इलाका प्रहरी कार्यालय धरानले ०७९ फागुनदेखि ०८० जेठ १ सम्म ३ महिनाको अवधिमा १ सय ५७ वटा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
चालु तथा पेन्डिङ मुद्दाका फरार प्रतिवादी १९ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
त्रैमासिक प्रगति सार्वजनिक गर्दै धरान इलाका प्रहरीले फैसला कार्यान्वयनतर्फ १८ फरार प्रतिवादी पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । उनीहरुबाट जरिवानास्वरुप १५ लाख ५३ हजार १ सय ९२ रुपैयाँ असुल गरेको छ । यस्तै प्रतिवादीले कैद जरिवाना ८ वर्ष ११ महिना २३ दिन भूक्तान गर्नुपर्ने छ ।
सोमबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै ०७९ फागुन १ देखि ०८० जेठ १ सम्मका फैसला कार्यान्वयन तथ्यांक सार्वजनिक गरेको हो ।
विगत तीन महिनामा धरानमा लागूऔषध मुद्दामा ८ जना, लेनदेन बिगो मुद्दामा १ जना बहुबिवाहमा १ जना, चेक अनादरमा १ जना, बैङ्किङ कसुरमा १ जना, चोरी मुद्दामा ४ जना, औषधि ऐनमा २ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
विगत तीन महिनाको अवधिमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका ७ पुरुष, अभद्र मुद्दाका २ पुरुष, सवारी ज्यान क्षतिपूर्तिका ४ पुरुष, चोरी मुद्दाका १ पुरुष, ठगीका १ पुरुष, जवरजस्ती करणीका १ पुरुष, कर्तव्य ज्यान मुद्दाका १ महिला र १ पुरुष साथै बैङ्किङ मुद्दाका १ पुरुष फरार प्रतिवादीलाई पक्राउ गरी कारवाही गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार विगत तीन महिनामा विभिन्न १९ मुद्दा शीर्षकका १ सय ५७ मुद्दा दर्ता गरिएको छ भने १ सय ४२ पुरुष र ९ जना महिलालाई पक्राउ गरिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार, जवरजस्ती करणी र बैङ्किङ कसुरलगायतका ८ मुद्दाका ६३ फरारको खोजी कार्य भइरहेको छ ।
विगत तीन महिनामा इलाका प्रहरी कार्यालय धरानले १९ वटा लागूऔषध मुद्दामा २२ पुरुष र १ जना महिलालाई पक्राउ गरी कारवाही गरेको छ । ५ सय ६३ किलो ४ सय ग्राम गाजा नियन्त्रणमा लिएको प्रहरीले लागूऔषधसहित ट्रक एकथान, भारतीय स्कारपियो १ थान, कार १ थान, मोटर साइकल रस्कुटर १र१ थान नियन्त्रणमा लिएको छ । यस्तै प्रतिबन्धित औषधिसँगै २३ जनालाई पक्राउ गरी औषधि व्यवस्था विभागमा बुझाएको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९/८० मा इलाका प्रहरी कार्यालय धरानले ५९ वटा लागूऔषध मुद्दामा ७८ जना प्रतिवादी पक्राउ गरी कारवाही गरेको छ । जसमध्ये गाँजा ४ सय ९१ किलो ६ सय ग्राम र ब्राउन सुगर २४ ग्राम १५५ मिलिग्रामसहित लागूऔषध बरामद गरेको छ ।
प्रतिबन्धित औषधिसहित ४५ जनालाई औषधि व्यवस्था विभागमा बुझाएको इलाका प्रहरी कार्यालय धरानको तथ्यांकमा उल्लेख गरिएको छ ।