श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ २ गते मङ्गलबार, १६ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि भोलि ००ः०३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तरभाद्र ०८ः३६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्ला। बनिसकेको काम दोहो¥याउनु पर्ने हुनसक्छ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफन्तबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई साथीभाइले समेत वास्ता गर्न छाड्नेछन्। 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति होला।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रयत्न गर्दा छोटो समयमै काम बन्नेछ। नयाँ कामतर्फ अग्रसर भइएला ।राम्रो कर्मफल प्राप्त हुनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापारमा पनि सामान्य फाइदै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा अरूले उठाउनेछन्।काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।