श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ३ गते बुधबार, १७ मे  २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि २२ः५० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र रेवती ०७ः५९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४६ बजे हुनेछ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगी कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गरे छोटो समयमै काम बन्नेछ। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ।