इटहरी ।  पूर्वी नेपालकै पहिलो इटहरीको  पाँचतारे होटल सञ्चालनमा आएको छ । २०७२ सालबाट निर्माण सुरु  भएको होटल गरिमा होटल प्राइभेट लिमिटेड र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सोल्टी होटलको व्यवस्थापन र सञ्चालनमा बुधबारबाट 'सोल्टी वेस्टेन्ड इटहरी' ले औपचारिक रूपमा व्यावसायिक सुरुवात  गरेको हो  ।

 करिब २ अर्बको लगानीमा निर्माण भएको होटलको व्यवस्थापनको जिम्मा सोल्टी होटलले लिएको गरिमा होटल प्रालिका अध्यक्ष भिम बहादुर पौडेलले बताएका छन् । उनका अनुसार होटलमा ८० वटा कोठा सुविधा सम्पन्न छुट्टै भोजन कक्ष, फिटनेस, साउना वाथ, स्पा लगायतको सुविधा समेत रहेको छ।

 नवीनतम अवधारणाका रेस्टुरेन्टहरूका साथै  बहुउद्देश्यीय सभा कक्षाको पनि व्यवस्था समेत रहेको उनले  बताए  ।

व्यवस्थापने जिम्मा  लिएको सोल्टी होटल पहिलो लिड सर्टिफाइड होटल भएको भन्दै इटहरीमा  संञ्जालित 'सोल्टी वेस्टेन्ड इटहरी' लिड सर्टिफाइड फ्रम युएस ग्रीन बिल्डिङ काउन्सिलबाट सर्टिफाइ रहेको उपाध्यक्ष सुदर्शन चापागाईँले बताए उनले सोल्टी वेस्टेन्डले सेवा सुरुवात गरे सँगै  कोशी प्रदेशमा हस्पिटालिटी क्षेत्रमा अन्तराष्ट्रियस्तरको सेवाको विस्तार भएको बताए ।  

एक बिघा क्षेत्रफलमा बनेको उक्त होटलमा  २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन्  भने, ८ वटा सुइट रुम र  १२ वटा एक्जुक्युटिभ रुम रहेको होटलको बताइएको छ ।  त्यस्तै, दुई वटा ब्यांक्वेट, तीन वटा सेमिनार हल, स्पा, जिम,  लाउन्ज लगायत विभिन्न सुविधा रहेको  कम्पनी ले जनाएको छ । 

४० जनाको क्षमताको एउटा रुफ टप रेस्टुरेन्ट,  यस जना अट्ने क्षमताको फाइन डाइनिङ र  ४० जनाको क्षमताको क्याफे एन्ड बेकरीका साथै हजार र सात सय क्षमताको दुई वटा ब्यांक्वेट हल रहेको कम्पनीले जनाएको छ ।